Type Here to Get Search Results !

युनाइटेड घरेलु मैदानमा पराजित

एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेड फुलहमसँग २–१ ले पराजित भएको हो ।

९ मिनेट थपिएको इन्जुरी समयको सातौं मिनेटमा एलेक्स लोबीको गोलमा फुलहम विजयी भएको थियो । एडामा ट्राओरेको पासमा एलेक्सले गोल गरेका थिए । त्यसअघि काल्भिनको गोलमा फुलहमले अग्रता लिएको थियो । टिमोथी कास्टाङेको पासमा काल्भिनले गोल गरेका हुन् ।

खेल सकिन एक मिनेट बाँकी रहँदा युनाइटेड खेलमा फर्किएको थियो । तर टोली इन्ज्युरी समयमा सम्हालिन सकेन । ह्यारी म्यागुएरले ८९ औं मिनेटमा बराबरी गोल गर्दै युनाइटेडका लागि आश दिलाएका थिए ।

हारपछि शीर्ष ४ भित्र पर्ने युनाइटेडको योजनामा धक्का लाग्ने देखिएको छ । युनाइटेड ४४ अंकका साथ छैटौं स्थानमा छ । फुलहम ३२ अंकसहित १२ औं स्थानमा छ ।

प्रिमियर लिगका अन्य खेलमा एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४–२ ले, क्रिस्टिल प्यालेसले बनर्लीलाई ३–० ले हराएको छ भने ब्राइटन र एभर्टनले १ –१ को बराबरी खेलेका छन् ।

The post युनाइटेड घरेलु मैदानमा पराजित first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/WhnTpul

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today