Type Here to Get Search Results !

दशगजा क्षेत्रमा अपराध नियन्त्रण गर्न दुई देशका सुरक्षा अधिकारीबीच मधुवनीमा समझदारी

जनकपुरधाम- भारत बिहारको मधुवनीमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच दशगजामा अपराध नियन्त्रण गर्ने समझदारी भएको छ । नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबीच दशगजा अतिक्रमण नियन्त्रण, सीमा सुरक्षा, अपराध नियन्त्रण लगायतको विषयमा छलफल तथा समझदारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डले जानकारी दिए ।

उनका अनुसार भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी भएको छलफलमा सीमा सुरक्षा, क्रस बोर्डर अपराध नियन्त्रण, लागू औंषध र सीमा क्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, मानव वेचविखन नियन्त्रण, नक्कली नोट नियन्त्रण गर्ने विषयमा समझदारी भएको हो ।

छलफलबाट एकापसमा समन्वय, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा थप सहयोग हुने विश्वास लिइएको छ ।बैठकमा नेपाल तर्फको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले र मधुवनी जिल्लाका डिस्ट्रिक मेजिष्ट्रेट अरविन्द कुमार वर्माले गरेका थिए ।

मधुवनी जिल्लाको मिथिला चित्रकला संस्थान सौरथमा भएको भारत र नेपालका सीमावर्ती जिल्लाहरू सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरू तथा मधुवनी जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट, प्रहरी प्रमुख, सीमा सुरक्षा बल प्रमुख लगायतको उपस्थिति थियो

The post दशगजा क्षेत्रमा अपराध नियन्त्रण गर्न दुई देशका सुरक्षा अधिकारीबीच मधुवनीमा समझदारी appeared first on Shirish News.



from Shirish News https://ift.tt/42bl65H

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today