काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारीको गोलमा नेपालले वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध अग्रता लिएको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले १-० को अग्रता लिएको छ । साम्बाले पहिलो हाफको ४१ औं मिनेटमा गोल गरेकी हुन् । रेखा पौडेलको पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेकी थिइन् ।
आजको खेलमा जित हासिल गरे नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । प्यालेस्टाइन पनि सेमिफाइनलमा पुगिसकेको छ । अर्को समूहबाट जोर्डन समूह विजेता र लेवनान उपविजेता बनिसकेका छन् ।
The post साम्बाको गोलमा नेपाललाई अग्रता first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/OQZoB2w
