Type Here to Get Search Results !

नवलपुरमा फेरि पाँचवटा लाेपाेन्मुख गिद्ध मृत फेला


पूर्वी नवलपरासीको कावासोतीमा सोमबार पाँचवटा लोपोन्मुख गिद्ध मृत फेला परेको छ। कावासोती–११ स्थित लोकाहा खोला किनारमा चारवटा डंगर प्रजातिका र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेको हो।

सोही स्थानमा एउटा सुन गिद्ध र ६ वटा डंगर प्रजातिकै गिद्ध बिरामी अवस्थामा फेला परेको जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीले जानकारी दिए। बिरामीमध्ये एउटा डंगर गिद्धको अवस्था गम्भीर रहेको छ। मरेको स्यालको सिनो खाएर गिद्ध मरेका बताइएको छ। चौधरीका अनुसार गिद्ध मरेको स्थानमा २ वटा मरेको स्यालको सिनोसमेत फेला परेको छ।

विषादीयुक्त खाना खाएर मरेको स्यालको सिनो खाएर गिद्ध मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको अध्यक्ष चौधरीले जानकारी दिए। लोकाहा खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए।

मरेका गिद्धको मंगलबार पोस्टमार्टम गरिने तथा बिरामी गिद्धलाई घटनास्थलमा प्राथमिक उपचारपछि जटायु रेस्टुरेन्ट लगेर उपचार गरिने चौधरीले बताए।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today