Type Here to Get Search Results !

सीतापाइलामा आमा र दुई छोरीको हत्या, श्रीमान् पनि झुन्डिएको अवस्थामा मृत फेला

 


काठमाडौं सीतापाइलामा दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमानले पनि नजिकैको जंगलमा आत्महत्या गरेका छन्। झुन्डिएको अवस्थामा प्रहरीले उनको शव फेला पारेको छ। 

बुधबार बिहान सात र दुई वर्षीया छोरीसहित ३८ वर्षीया ईश्वरी श्रेष्ठ कोठामै मृत फेला परेका थिए। ईश्वरीका श्रीमान् सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका– ६ बस्ने राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। परिवारको हत्यापछि राजु आफैँले ससुरालीमा हत्याको सूचना दिएको बताइएको छ। प्रहरीले विकले श्रीमतीसहित दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today