Type Here to Get Search Results !

जनकनन्दिनी लयमा फर्किदै



 विगत ६ महिनादेखि लथालिङ्ग बनेका धनुषाको जनकनन्दिनी गाउँपालिका लयमा फर्किन लागेको छ ।

निमित कार्यालय प्रमुखको भरमा चल्दै आएको सो पालिकामा मंसिर २४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका सर्वजित झाले कार्यालयमा लयमा ल्याएका छन् ।

असार मसान्त सकेपछि चालु आर्थिक वर्षमा कर्मचारीको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थिएन् । कार्यालयले नगरसभा समयमा गरेपनि योजना बाँडफाँट गर्न सकेका थिएन् ।

गाउँपालिकाका अध्यक्ष दिपीन देव यादव जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

विभिन्न ६ वटा वडा रहेको यस पालिकामा दुईवटा वडाध्यक्ष मात्रै गाउँपालिकाका अध्यक्ष यादवको पक्षमा रहेका छन् भने उपाध्यक्ष कमला सहगन नेपाली कांग्रेसवाट दोस्रो पटक उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी संगै ४ वटा वडाध्यक्ष कांग्रेसको रहेको छ । गाउँपालिका अध्यक्ष यादव अल्पमतमा रहेका कारण गाउँ सभा सम्पन्न भए पनि योजना बाँडफाँट गर्न सकेका थिएन् ।

तर, प्रमुख प्रशासकीय अधिकृतमा झा आएपछि सो पालिकाको योजना बाँडफाँट, पालिकाको खाता सञ्चालन, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्य सम्पन्न गरी अहिले दिनहुँ अनुगमन गरी मातहतका कार्यालयलाई नियमित, चुस्तदुरुस्त कार्यको थालनि गरेका छन् । गाउँपालिकाको वडा ४ को विभिन्न विद्यालय, स्वास्थ्य चौकी, वडाकार्यालयहरुको अनुगमन गरी काम चुस्त दुरुस्त बनाउन शुक्रबार अनुगमन गर्दै निर्देशन समेत दिएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today