Type Here to Get Search Results !

आकाशे पानीलाई रिचार्ज गर्नेबारे छलफल


 

चुरे क्षेत्र विनाश हुँदै गएको प्रभाव मधेश क्षेत्रको खानेपानी तथा नदीनाला सुक्न थालेपछि मधेश प्रदेश सरकार गम्भीर हुनथालेका छन् । मधेश प्रदेशका जिल्लाहरुमा खानेपानीको सतह अत्यधिक तल गएको र नदीनालाको मुहानहरु सुक्न थालेपछि मधेश प्रदेश सरकार यस बिषयमा छलफल गरेको छ ।

आकाशे पानी नपर्दा मधेश प्रदेशसहितका विभिन्न जिल्लामा खानेपानी तथा सिचाइँमा समेत समस्या उत्पन्न भएको छ । भुमिगत पानी रिचार्जका वर्तमान परिदृश्य र भविष्यको दृष्टिकोणमाथि भएको छलफलमा आकाशे पानी ढिला पर्नाले भुमिगत पानीको सतह तल गएको हुनाले मधेश प्रदेशमा आउने दिनमा खानेपानी र खेतीका लागि पानीको समेत समस्या हुने एक कार्यक्रममा वक्ताहरु बताउँछन् ।

खानेपानी र सिचाइँमा तत्काल परेको समस्या पुनः भविष्यमा नआओस् भन्ने उद्देश्यले मधेश प्रदेशका आठवटै जिल्लामा सुख्खाको समयमा सम्भावित प्रभावित स्थान पहिचान गरी खानेपानी तथा सिचाइँको समस्या समाधानका लागि भएको छलफल भएको छ ।

छलफलको क्रममा पानीको सतहको अनुमगन गरी व्यवस्थितरुपमा लागू गर्ने, पानी आपूर्तिका लागि निर्माण गरीएका संरचनाका नजिक रिचार्ज जोन बनाउने, पुराना पोखरी, ईनार आदि मर्मत गरेर वा नयाँ पोखरी, ईनार आदि खनेर आकाशबाट पर्ने पानीको अधिकतम मात्र बग्न नदिई जमीनभित्र पानी पुनः संचित गर्न उचित र प्रभावकारी कार्यहरु गर्ने, अनाधिकृत रुपमा भूमीगत पानी दोहनहुन नदिन भूमीगत पानीको उपयोग सम्बन्धमा आवश्यक मापदण्ड बनाई कार्यान्वयन गर्ने, पानी बचाउ सम्बन्धी जनचेतना बृद्धि अभियान गर्ने, पानी आपूर्तिको लागि स्यालो टियुववेल भन्दा डिप टियुववेललाई प्राथमिकता दिनेलगायतका अनुसार भुमिगत पानीको रिचार्जसहितका खानेपानी तथा सिचाइँको समस्या समाधान हुने सम्भावना औल्याइएको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today