एजेन्सी – इरानले पेनाल्टी सुटआउटमा सिरियालाई हराएसंगै कतारमा जारी एसियन कपको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
बुधबार राति अन्तिम प्रि क्वाटरफाइनलमा इरानले सिरिया माथि टाइब्रेकरमा ५-३ को जित निकालेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को र अतिरिक्त समयमा पनि सोही स्कोर रहेपछि खेल टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरमा सिरियाका फहाद युसेफको पेनाल्टी इरान गोलरक्षक अलिरेजाले बचाएका थिए ।
निर्धारित समयमा ३४औं मिनेटमा मेहदी तरेमीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । सिरियाका ओमार ख्रिविनले ६४औं मिनेटमा पेनाल्टीमा नै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
इरानले अब सेमिफाइनल प्रवेशका लागि जापान विरुद्ध खेल्ने छ । अन्य क्वाटरफाइनल खेलहरुमा कतारले उज्वेकिस्तान , ताजिकिस्तानले जोर्डन र साउदी अरेबियाले दक्षिण कोरियाको सामना गर्नेछ ।
The post इरानको जित, एसियन कपको क्वाटरफाइनल समीकरण पूरा first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/NUQZzTm