Type Here to Get Search Results !

रोकेको गोलमा बार्सिलोनाको जित

एजेन्सी – युवा ब्राजिलियन खेलाडी भिटर रोकेको पहिलो गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत बुधबारको खेलमा ओसासुनालाई हराएको छ ।

रोकेले बेन्चबाट आएर गरेको गोलको मद्दतमा बार्सिलोनाले १-० को जित हासिल गरेको हो ।

चिर प्रतिद्वन्दी रियल म्याड्रिड भन्दा १० अंक र शीर्ष स्थानको जिरोना भन्दा ११ अंक पछाडि रहेर खेल सुरूवात गरेको बार्सिलोनाका रोकेले ६३औं मिनेटमा खेलको गोल गरे । उनले जोआओ क्यान्सेलोको क्रसमा हेडर मार्फत गोल गरेका थिए । त्यसको एक मिनेटमा अघि मात्रै उनी मैदान प्रवेश गरेका थिए।

१-० ले पछि परेको ओसासुनाका उनाई लोपेज दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए । तर बार्सिलोनाले त्यसको फाइदा उठाएर थप गोल भने गर्न सकेन ।

बार्सिलोनाको २२ खेलमा ४७ अंक पुगेको छ। त्यत्तिनै खेलमा शीर्षस्थानको जिरोनाको ५५ र एक खेल कम खेलेको रियलको ५४ अंक छ ।

The post रोकेको गोलमा बार्सिलोनाको जित first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/3lqWiyP

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today