Type Here to Get Search Results !

“समुदायमा कांग्रेस अभियान” केन्द्रीय सदस्य लामाले भने, `जनताका समस्या शिर्ष नेतालाई सुनाउछु´

सर्लाही- नेपाली कांग्रेसका केन्द्रिय सदस्य गणेश लामाले आम नागरिकको समस्या जनताको घरदैलोमै पुगेर बुझ्न पार्टीले “समुदायमा कांग्रेसस अभियान” सञ्चालन गरेको बताए।
बुधबार साँझ लालबन्दीमा नेपाल प्रेस युनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभियानका केन्द्रीय प्रतिनिधि समेत रहेका लामाले यस्तो बताएका हुन ।
अभियानको उद्देश्य अनुरूप सर्लाहीका नागरिकले भोग्नु परेको समस्या समाधानका लागि शिर्षस्त नेताहरुलाई सुनाउन आफूले टिपोट गरेकाे बताए ।
उनले यहाँका मिटरब्याजी पीडितका पिडा, पालिकामा प्रमुख प्रशासकीय अधिकृतको तुरुन्त सरुवा हुने परिपाटीलगायतको विषयमा आवश्यक परे प्रधानमन्त्री कहाँ डेलिगेसन जानुपरे त्यसको समेत नेतृत्व गर्ने बताए ।
पत्रकारको जिज्ञासाकाे जवाफमा केन्द्रीय सदस्य लामाले कांग्रेसले नै नेतृत्व गरिरहेको हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधानका लागि आफूले यहाँबाट जाने बित्तिकै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । सर्लाहीमा आफू रहदै गर्दा बुधवार मलंगवामा पार्टीको फरक समूहका पूर्व जिल्ला सभापति नागेन्द्र राय, लक्ष्मण राय र वर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलगायतलाई एकैठाउँमा राखेर कार्यक्रम गर्न सफल भएको बताए । अभियानले पार्टीलाई समेत बलियो र एकतावद्ध बनाउन मद्धत पुग्ने उनको विश्वास छ ।
माघ २६ गतेसम्म सर्लाही रहदा विभिन्न वडामा पुगी जनताका गुनासा, सल्लाह, सुझाव टिपोट गर्ने र ती विषय समाधानका लागि पार्टी सभापति, महामन्त्रीलगायत सम्वन्धित ठाउँमा गएर राख्ने उनले बताए ।

प्रेस युनियन सर्लाहीका सभापति कृष्णप्रसाद थपलियाको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, नेपाली कांग्रेस बागमती प्रदेशको प्रशिक्षण विभागका सदस्य सचिव रामेश्वर ढकाल, कांग्रेस नेता शेरबहादुर योन्जन, तरुल दल बागमती प्रदेशका पूर्व सदस्य रमेश लामालगायतको उपस्थिति रहेको थियो |
हिजो माघ १६ गते सुरू गरिएको समुदायमा कांग्रेस अभियानको दाेश्राे दिन बुधवार सदरमुकाम मलंगवा लगायतका स्थान विभिन्न कार्यक्रमहरू गरिएको छ ।
माघ १८ गते विहार साँझ महामन्त्री गगनकुमार थापा राैतहटबाट सर्लाही सदरमुकाम मलंगवा कार्यकर्ता भेटघाट कार्यक्रम सकि पुनः राैतहट प्रस्थान गर्ने कार्यक्रम तय भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पाैडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

The post “समुदायमा कांग्रेस अभियान” केन्द्रीय सदस्य लामाले भने, `जनताका समस्या शिर्ष नेतालाई सुनाउछु´ appeared first on Shirish News.



from Shirish News https://ift.tt/WrgkRPO

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today