Type Here to Get Search Results !

मटिहानी नगरपालिकामा सार्वजनिक दलान र खतवे जातिको कुल देवताको मन्दिर शिलान्यास सु-सम्पन्न ।

 


महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.७ मटिहानीमा निर्माण हुने मंडल(धानुक) जातिको सार्वजनिक दलानको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभयो ।

सो दलानले स्थानीयलाई बिबाह, भोज जयन्ती र पाहुनालाई राख्न मद्दत पुग्ने कुरा नगर प्रमुख मंडलले भन्नु भयो ।सो दलान नगर स्तरीय योजना अन्तर्गत करिब २२ लाखको लागतमा निर्माण हुने कुरा प्राविधिक दिनेश साहले जानकारी दिनु भयो ।उक्त कार्यक्रममा नगर वड़ा नं.६,७ र ८ का वड़ा अध्यक्षहरु कलीम अंसारी,जीत नारायण माझी र रितेश साह, जिल्ला समन्वय समितिका सदस्य राम लखन पंजियार, चुल्हाइ मंडल,बिश्वनाथ मंडल,अशेश्वर मंडल,प्रताप मंडल,बेचन मंडल, शैलेन्द्र मंडल लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।त्यसै क्रममा मटिहानी नगरपालिका वड़ा नं.९ सिमरदहीमा निर्माण हुने खतवे जातिको कुल देवता भगवान शोसिया निकोझियाको मन्दिरको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभयो ।

उक्त मंदिरले खतवे जातिको धार्मिक पूजा अर्चना गर्न मद्दत पुग्ने कुरा नगर प्रमुख मंडलले भन्नु भयो ।सो मन्दिर करिब ८ लाखको लागतमा निर्माण हुने कुरा प्राविधिक दिनेश साहले जानकारी दिनु भयो ।उक्त कार्यक्रममा नगर उप-प्रमुख मंजु देवी साह, वड़ा नं.९ का वड़ा अध्यक्ष मदन चौधरी, मोसाफिर सहनी, सकलदेव पासमान, जोगिन्द्र साह,विजय साह, रबिन्द्र साह, तपेश्वर खतवे,राम प्रताप खतवे,सगम लाल खतवे,बिलटू खतवे, लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today