Type Here to Get Search Results !

गुडिरहेको बसभित्रै युवतीलाई सामूहिक बलात्कार, चालक पक्राउ

 


भारतको उत्तर प्रदेशबाट जयपुर आउँदै गरेको बसमा एक युवतीलाई सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ।

घटनामा संलग्न आरोपमा एकजना परेका छन् भने फरार अर्का आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बीबीसी हिन्दीका अनुसार घटना गत हप्ताको हो। यही डिसेम्बर ९ मा कानपुरबाट जयपुर आउँदै गरेको बसभित्र युवतीलाई दुई जनाले पालैपालो बलात्कार गरेका हुन्।

जयपुरको कानोटामा राति अबेर एक यात्रुले बस रोक्न चालकको केबिनमा ढकढक्याएपछि घटना सार्वजनिक भएको हो।

प्रहरीले पक्राउ परेका अभियुक्तलाई शनिबार अदालतमा पेस गरी जेल चलान गरेको बीबीसी हिन्दीले जनाएको छ।

उत्तर प्रदेशकी ती युवतीले जयपुरको कानोटा प्रहरी चौकीमा एफआईआर दर्ता गराएकी छन्। बस्सीका एसीपी फूलचन्द मीनाले घटनाको अनुसन्धान गरिरहेकी छन्।

एसीपी मीनाले भनिन्, ‘बालिकाको मेडिकल जाँचपछि मजिस्ट्रेटसमक्ष १६४ को बयान गराइयो।’

उनका अनुसार एक ४२ वर्षीय अभियुक्त पक्राउ परेका छन् भने फरार अर्का आरोपितको खोजी भइरहेको छ र उत्तर प्रदेशस्थित उनको घरमा छापा मारिएको छ।

उनले भनिन्, ‘आरोपित दुवै चालक र उत्तर प्रदेशका बासिन्दा हुन्। दुवैले बसको चालकको छेउमा रहेको क्याबिनमा पालैपालो बलात्कार गरेका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today