Type Here to Get Search Results !

धरानबाट १४ जना बन्दकर्ता पक्राउ


सुनरीको धरानबाट १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।                                                                                                                                                                                           आज यातायात बन्द गराउदै हिँडेको अभियोगमा १४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

नेकपा एमालेको संकल्प यात्रा प्रभावित गर्ने लक्ष्यसहित प्रदेश १ पुनः नामकरण संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्दको आह्वान गरेको छ । सोही क्रममा शनिबार सुनसरी र झापाबाट ९ जना बन्दकर्ता पक्राउ गरको प्रहरीले आइतबार १४ जनालाई पक्राउ गरेको धरानका सागर चेम्जोङले जानकारी दिए ।

उनका अनुसार आन्दोलनको क्रममा पक्राउ पर्नेमा इटहरीबाट विद्यार्थी नेता लक्ष्मण खवाहाङ लिम्बू, तारा प्रसाद राई, आईतराज लिम्बू, सरिता लोहोरुङ यस्तै धरानबाट रमेश राई, चन्द्रमाया लिम्बू, अमित राई, बिष्णु तिगेला लिम्बू, पदम तामाङ, महेन्द्र गुरुङ, शिब इस्बो लिम्बू , सागर धामी, टि. एन सुब्बा लगायत रहेका छन् ।

यातायात बन्दको दोस्रो दिन आज धरान, मोरङको पथरी साथै पहाडी क्षेत्र प्रभावित रहेको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today