Type Here to Get Search Results !

तरकारी खेतीमा रोग देखिएपछि ‘आकस्मिक बाली संरक्षण अभियान’


 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी खेतीमा रोग देखिएपछि आकस्मिक बाली संरक्षण अभियान सञ्चालन गरिने भएको छ। 

धनुषाको पहलमा महोत्तरीको गौशाला नगरपालिका- ८ भन्टाबारीका कृषकले लगाएको टमाटरलगायतको तरकारी खेतीमा रोग तथा किराको समस्या देखिएपछि त्यसको पहिचान र निदानका लागि विज्ञ प्राविधिक टोलीबाट आइतबार फिल्ड निरीक्षण र कृषकसँग परामर्श गरिएको छ।  फिल्ड निरीक्षण तथा परामर्शपश्चात् ‘आकस्मिक बाली संरक्षण अभियान’ सञ्चालन गरिने निर्णय गरिएको छ।


विज्ञ टोलीले टमाटरमा अगौटे डढुवा रोग र सूक्ष्म तत्वको कमीका कारण फल फुट्ने र चर्किने समस्या रहेको र  हेलिको भर्पा नामक किराले फल नष्ट गरेकोसमेत भेटेका छन्। 
त्यस्तै, भान्टामा फ्रुट र सुट बोरर किराका कारण बोट सुक्ने र फल नष्ट हुने समस्या देखिएको छ। यता, सिमीमा क्याटरपिलरको लार्भा र रस्ट देखिएको थियो। स्थानीय कृषकले टमाटर, आलु तथा तथा अन्य तरकारी खेती गरेकोमा बालीमा रोग देखिएपछि प्राविधिक टोलीलाई खबर गरेका थिए।टोलीले रोगको पहिचान गर्दै तत्काल उपचारका उपायहरू बताएको र थप ‘आकस्मिक बाली संरक्षण अभियान’को माध्यमले रोगबाट हुन सक्ने क्षति कम गर्न प्रयास गरिने प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना धनुषाका प्रमुख ललन सिंहले बताए। 

उनले सो क्षेत्रमा हुने तरकारी लगाएकाे खेतको माटो परीक्षण गरि बाली संरक्षण प्रयोगशालाका विज्ञहरूसँग समन्वय गरी रोग निदानको कार्य गरिने  तथा प्लान्ट क्लिनिक र आकस्मिक बाली संरक्षण अभियान तथा बाली वस्तुको विशेष स्थलगत तालिम सञ्चालन गरिने बताए।कृषि ज्ञान केन्द्र महोत्तरीका निमित कार्यालय प्रमुख बाली विकास अधिकृत मनीष पाल, उष्ण प्रादेशिय बागवानी नर्सरी केन्द्र जनकपुरका प्रमुख वरिष्ठ बागवानी अधिकृत राजीव यादव, परियोजनाका कृषि अधिकृत राकेश यादव र सामाजिक विकासविज्ञ अन्जेश श्रेष्ठ तथा परवार्ड रौतहटका कृषि प्राविधिकहरूसमेतले निरीक्षण गरेका हुन्।


गौशालाको भन्टाबारीमा मात्र २५ देखि ३० हेक्टर र सँगै जोडिएको बटौवा, लक्ष्मीनिया, कान्तिबजारसमेत गरी सयौँ हेक्टर क्षेत्रमा तरकारी खेती भइरहेकोमा तत्काल रोग निदान नगरिए किसानले ठूलो क्षति व्यहोर्नुपर्ने विज्ञहरूको भनाइ छ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाले तरकारी बालीमा देखिएको समस्यालाई गम्भीर रूपमा लिई समस्या समाधानको प्रयास गरिरहेको प्रमुख सिंहको भनाइ छ। उक्त क्षेत्रमा आलु र ओलबाहेकका मौसमी ताजा तरकारी (टमाटर, भान्टा, सिमी, बोडी, काउली, परवल )लगायतको खेती गरिन्छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today