Type Here to Get Search Results !

अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई विष दिइएको आशंका, कराची अस्पतालमा भर्ना

 


अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई विष दिइएको चर्चा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन् ।

केही भारतीय र पाकिस्तानी सञ्चार माध्यमहरूले गम्भीर बिरामी भएपछि उनलाई कडा सुरक्षाका बीच पाकिस्तानकाे कराचीस्थित अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।

उनलाई विष दिइएको आशंका गरिएको छ । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । दाउदलाई भर्ना गरिएको अस्पतालमा कडा सुरक्षा व्यवस्था गरिएको जनाइएको छ ।

दाउद भारतीय नागरिक भए पनि भारतबाट भागेर कराचीमा बस्दै आएका छन् । उनको डि कम्पनीले विश्वभर आफ्नो साम्राज्य बनाएको छ । भारतले उनलाई मोस्ट वान्टेड सूचीमा राखेको छ । दाउद सामान्य परिवारबाट आएर पहिला मुम्बई र पछि विश्वभर नै आफ्नो सञ्जाल फैलाएका चर्चित डन हुन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today