Type Here to Get Search Results !

जनकपुरबाट लखेटिए सन्त रामपालका अनुयायी र चेलाहरु,प्रहरी मुकदर्शक !

 


चार महिला र एक बालकको हत्या आरोपमा भारतको हिसार जेलमा आजीव कैद सजायको कैदी जीवन बिताईरहेका सन्त रामपालजी महाराजका अनुवायीहरु जनकपुरबाट लखेटिएका छन् । 

आईतबार जनकपुरधाममा आयोजना गरिएको विवाहपँचमी महोत्सवमा हत्या आरोपमा जेल भारतको हिसार जेलमा रहेका रामपालका शुभचिन्तकहरुमाथि हिन्दु सम्राट सेनाले कुटपिट गर्दै जनकपुरबाट लेखेटेको हो । देशमा धर्म निरपेक्षता लागू भएपछि विभिन्न धर्मावलम्बीहरुले खुल्ला रुपमा आफूले मान्ने धर्मको प्रचार प्रसार गरिरहेको बेला हिन्दु धर्ममाथि प्रहार र धर्मग्रन्थलाई नै अपव्याख्या गरेको आरोपमा हिन्दु सम्राट सेनाले रामपालका अनुवायी र भक्तहरुलाई जनकपुरबाट लखेटेको हो । 

रामपालको नाम लेखिएको गीता तिम्रो ज्ञान अमृत नामक किताब जनकपुरमा विवाहपँचमी मेला भर्न आएका श्रद्धालुहरुलाई वितरण गरेको भन्दै हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुले उनीहरुलाई लखेटेर भगाएका हुन् । सोको लागि स्थानीय प्रहरीले समेत उनीहरुलाई सहयोग गरेको थियो । 

विभिन्न चोक चोराहा, सार्वजनिक ठाउँ र सडकहरुमा राखेर रामपालद्धारा लिखित किताब वितरण भईरहेको खवर पाएपछि हिन्दु सम्राट सेनाले उनीहरुको किताब नियन्त्रणमा लिएर भगाएका हुन् । 

सोही क्रममा हिन्दु सम्राट सेनाका नगर सँयोजक जमुना साहले एक भिडियो बनाउँदै रामपालका अनुवायीलाई जय श्रीराम भन्न र रामपाल मुर्दाबाद भन्न दबाब दिएको प्रकाशित एक भिडियोमा देख्न सकिन्छ । 

धार्मिक नगरी भनेर चिनिने जनकपुरधाममा विवाहपँचमी महोत्सव हिन्दु धर्मावलम्बीहरुको आस्थाको मेलाको रुपमा मानिन्छ । मन्दिरै मन्दिरले भरिएको जनकपुरधाम र हिन्दु धर्मावलम्बीहरुको माटो बाहुल्यता रहेको जनकपुरधाममा हिन्दु ग्रन्थको मजाक उडाएको, श्लोकहरुलाई अपव्याख्या गरेको आक्रोसले हिन्दु सम्राट सेना रामपालका भक्तहरुलाई लखेटेर भगाए ।

यद्यपी, नेपालमा रहेको रामपाल सँगठन, सँस्थाका अनुवायी र चेलाहरुले यसको विरोध जनाएका छन् । विभिन्न जिल्लामा रहेको रामपाल सँस्थाको भक्तहरुले हिन्दु सम्राट सेनाको क्रियाकलापलाई आतँकको सँज्ञा दिएको हो ।  सन्त रामपालजी महाराज सँस्थाका धनुषास्थित ईश्वर दत्त भट्टले हिन्दु सम्राट सेनाको गतिविधिलाई आतँकको सँज्ञा दिएको हो ।

श्रीमद्भगवद्गीतालाई अपव्याख्या गर्दै, आफूलाई मन परेको भागमात्र प्रकाशित गर्ने र बदनाम गराउने उसको ध्येय रहेको आरोप हिन्दु सम्राट सेनाको छ । 

हिन्दू धर्ममा चारवेद, अठार पुराण, अठार उपपुराण, एक सय आठ उपनिषद्, ब्राह्मण तथा अरण्यक ग्रन्थहरू छन् । केवल गीताका आफूअनुकूल केही श्लोकको मात्र व्याख्या गरी आफूलाई महान् बनाउन खोजेर धर्मएकतामा फुट ल्याउन खोजेको भन्दै किताब नियन्त्रणमा लिनुपरेको दाबी हिन्दु सम्राट सेनाको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today