राधेश्याम कुशवाहा
बरहथवा नगरपालिकामा वार्ड न.६ मा रहेका प्राथमिक स्वास्थ केन्द्रलाई प्रदेश सरकारलाई हस्तानान्तरणको माग राख्दै नेपाली काँग्रेसले प्रदर्शन गरेको छ ।
नेपाली काँग्रेसको नगर कार्य समितिको बरहथवाको कार्यलयबाट सुरु भएको विरोध रैली नगरपरिक्रममा गर्दै बैल बजारमा आएर कोण सभामा परिणत भएको गरिएको हो ।
साविक प्राथमिक स्वास्थ केन्द्र र हालको निर्माणधिन १५ बेडको नगर अस्पताललाई ५० बेडको अस्पतालमा स्तरोन्नतिका लागि सहमती अनुसार प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने उनीहरुले माग गर्दै आएको हो ।
प्रदेश सरकारबाट निर्माणाधिन १५ बेडको नगर अस्पतालको ५० बेडमा स्तरोन्नति हुनु बरहथवावासीको लागि सौभाग्यको कुरा रहेको जमिन दाता महोम्मद अफताब आलमले जानकारी दिए ।
५० बेडको स्तरोन्नति भएमा यहाँ आईसियु, भेन्टिलेटर, डायलोसिस, सिटिस्क्यान र पोस्टमार्टम जस्ता सेवाहरु सुचारु हुने उहाँको भनाई छ ।
कार्यपालिका बैठकमा भएको सहमती विपरीत मेयरले चिठी रोकेको मेयर प्रत्याशी तथा विरोध रैलिको नेतुत्वकर्ता बिगु चौधरीले बताए । नगरपालिकाका मेयर र केही मेडिकल माफिहरुले ५० बेडको अस्पताललाई नगरअस्पतालमै सिमित राख्न खोजेको उहाँको आरोप छ ।
स्थानीय सरकार विकासको बाधक रहेको टिप्पणी गर्दै माग पूरा नभएसम्मा आन्दोलन जारी रहने उहाँले जिकिर गरे ।
बरहथवा नगरपालिकाको कार्यपालिकाको २०७९ आश्विन ९ गते बसेको बैठकले निर्माणधिन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो ।
कार्यपालिकाको बहुमत पास भएको निर्णयको कार्यन्वयनको माग गर्दै अनिश्चितकालीन आन्दोलन तथा तालबन्दी गर्ने चेतावनी दिए ।
निर्माधिणधिन नगर अस्पताललाई स्थानीय तहकै मातहतमा रहन दिन र ५० बेडको प्रादेशिक अस्पताल निर्माणका लागि छुट्टै जग्गा उपलब्ध गराई दिने बरहथवा नगरपालिकाका नगरप्रमुखले बताउदै आएको नगरपालिका स्रोतको भनाई छ ।
।
आर्थिक बर्ष २०८०/८२ को नीति तथा कार्यक्रममा प्रदेश सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहको पहलमा बरहथवा स्थित निर्माणधिन नगर अस्पताललाई ५० बेडको अस्पतालमा स्तोरोन्नती गर्न बजेट विनियोजन गरिएको हो।

