Type Here to Get Search Results !

जनकपुर विवाहपँचमीः आज फूलबारी लीला, भोली धनुषयज्ञ


 सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको दोस्रो दिन आज (बुधबार) फूलबारी लीला हुने भएको छ । 

सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ हुन्छ । बुधबारबार फूलबारी लीला विवाहमण्डपको बगैँचा फूलबारीमा हुने भएको छ  ।त्रेता युगमा जगत जननी माता जानकीले फूलबारीमा फूल ल्याउन गएको बेला मर्यादा पुरुषोत्तम श्रीरामसँग आँखीचार अर्थात आँखा मिलन भएको स्मरणमा हरेक वर्ष काल्पनिक फूलबारी लीला गरिन्छ । 

विदेह राजा जनककी पुत्री जगत जननी माता सीताको विवाहको लागि विभिन्न राज्यका राजाहरु विवाह गर्नको लागि धनुषयज्ञमा आएको हुन्छ । राजा जनकले आयोजन गरेको धनुषयज्ञमा शिवधनुष भाँच्ने महापुरुष वीर सँग सीताको विवाह गर्ने प्रावधान हुन्छ । 

भोली विहिबार त्रेतायुगमा राजा जनकले आयोजना गरेको धनुषयज्ञमा भगवान राम र लक्ष्मण आफ्ना गुरु विश्वामित्र सहित उपस्थित हुनेछ । 
 
धनुषयज्ञमै सहभागी हुनको लागि भगवान राम र उनका भाई लक्ष्मण आफ्ना गुरु विश्वामित्रसँग जनकपुर धनुषयज्ञमा सहभागी हुन आएको आउँछ । गुरु भएको कारण धनुषयज्ञमा सहभागी हुन विश्वामित्रको आमन्त्रण भएपनि राम र लक्ष्मण भने उनकै चेला भएर सँगसँगै जनकपुरधाम आउँछन् ।

देवता पूजन र गूरु पूजनको लागि भगवान राम र लक्ष्मण जनकपुरधामको विवाहमण्डमको फूलबारमै फूल ल्याउन गएको किम्बदन्ती छ । त्यही सीता पनि गौरी पूजनको लागि आफ्नी सखिसहेलीसँग फूल ल्याउन गएपछि राम र सीताको नयन मिलन हुन्छ । 

फूलबारी लिला आज साँझ ४ बजेदेखि सुरु हुनेछ भने फूलबारी लीलामा १० हजारबढी श्रद्धालुको सहभागीता रहने जनाईएको छ । 
 
घण्टौसम्म एक अर्कालाई हेर्दै राम र सीता मनमुग्ध भएको लीलालाई कलयुगमा काल्पनीक भगवान राम र सीताझैँ सजाएर फूलबारीको लीला श्रद्धालुहरुलाई देखाईन्छ । फूलबारी लीला हेर्नको लागि हजारौँको सँख्यामा श्रद्धालुहरु सहभागी हुन्छ । 

भोली भगवान रामले धनुषयज्ञमा शिव धनुष तोडने छन् । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today