Type Here to Get Search Results !

रिगललाई खोज्दैछौं, पक्राउ गरेर बुझाउँछौं: प्रहरी


 नेपाल प्रहरीले बाँकेका योगराज ढकाल (रिगल) को खोजी भइरहेको बताएको छ।

सर्वोच्च अदालतले बिहीबार रिगललाई पक्राउ गरी थुनामै राख्न परमादेश दिएको थियो।

सर्वोच्चले उक्त आदेश दिएपछि रिगलको खोजी सुरू गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले सेतोपाटीलाई जानकारी दिए।

‘उनको खोजी सुरू गरिसकिएको छ, सकेसम्म छिटो नियन्त्रणमा लिई सम्बन्धित ठाउँमा बुझाउँछौं,’ उनले भने।

सर्वोच्चको आदेशलगत्तै बाँके प्रहरी रिगलको खोजीमा परिचालन भइसकेको छ।

सर्वोच्चको आदेशलगतै रिगलको खोजी गर्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताए।

‘रिगलको खोजीका लागि प्रहरी परिचालन भइसकेको छ,’ उनले सेतोपाटीसँग भने।

सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते आममाफी दिएका थिए। रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today