Type Here to Get Search Results !

कांग्रेसकै मन्त्रीले जनताका पक्षमा काम गर्न सकेनन् : कोइराला

 


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसकै  मन्त्रीहरुले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले काम गर्न नसकेको बताए ।

उनले कांग्रेसका नेताहरुले नै माओवादी सामु गएर तिम्रै पार्टीको यो मान्छेलाई मुख्यमन्त्री बनाउ भनेकाले कोशी प्रदेशमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको बताएका छन ।

‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ ?’ कोइरालाले भने, ‘कोशीमा नयाँ एक्सपेरिमेन्ट हो। हेरौं कसरी अगाडि बढ्छ ।’

आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले कांग्रेस कमजोर बनेको पनि उनले बताए । कोइरालाले केन्द्रमा अहिलेकै गठबन्धन जारी रहने समेत बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today