Type Here to Get Search Results !

राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन


 नेपाली राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सोमवार सदरमुकाम मलंगवामा एक समारोहका बिच अभिनन्दन गरेको हो।

सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ सगरदिना स्थायी घर भई मलंगवा नगरपालिका ८ मा बस्दै आएका क्रिकेटर गुल्सन झालाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला र चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले संयुक्त रुपमा अभिनन्दन गरेको नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलता  हासिल गरिरहेको र क्रिकेटर झाले नेपाली क्रिकेटको सम्मानलाई बढाउन बलिङ र व्याटिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेकाले गृह जिल्लामा अभिनन्दन गरिएको शाखाले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today