Type Here to Get Search Results !

कञ्चनपुरमा ४२ जना जुवाडे पक्राउ

 


कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जना जुवाडे पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

सोमवार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी ३ लाख ५ हजार रुपैयाँभन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए। 

जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट २ लाख ५८ हजार रुपैयाँ नगद बरामद गरिएको छ। त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार रुपैयाँ नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए। बेलौरीबाट २२ हजार रुपैयाँ नगदसहित ८ जनालाई नियन्त्रणमा लिइएको छ।

‘हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सुक्ष्म रुपमा नियालीरहेका छौँ,’ प्रहरी उपरीक्षक थापाले भने‚ ‘पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारबाही गर्छौं।’ 

प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today