Type Here to Get Search Results !

अटोरिक्सा चालकद्वारा पर्यटन प्रवर्धन

 


मधेश प्रदेशको राजधानी जनकपुरधामका अटोरिक्सा चालक मौसमी लेहरी पर्यटन प्रवर्धनका लागि अटोरिक्सा चलाउदै हुनुहुन्छ । रिक्साको दुवैतिर ‘राम र सिताको विवाहदेखि विदाइसम्मको ११ मन्दिर दर्शन यात्रा’ र अगाडि ‘जनकपुर मिथिलाधाममा तपाईको हार्दिक स्वागत छ’ अंग्रजी र नेपाली दुवै भाषमा लेखिएको छ । 

अटोरिक्सामा लेखिएको नारा पर्यटकको आकर्षणको केन्द्र बन्दैगएको छ । केर्ला, तामिलनाडु लगायत दक्षिण भारतबाट आउने पर्यटकका लागि अंग्रेजी भाषमा र नेपाली भाषमा लेखिएको चालक लेहरी बताउनुहुन्छ । जनकपुरधाम उपमहानगरपालिका वडा ११, ल्क्ष्मण अखाडा घर भएका लेहेरीद्वारा यस्तो उत्कृष्ट काम गरिदै छ । 

“आमाबुवा गरिब भएको कारणले पढलेख गर्न नपाएको तर मनमा देशका लागि केही गर्ने, र देश विकाशमा आफ्नो योगदान दिने” सानै देखिको सपना रहेको लहरीले भन्नुभयो । र त्यसैअनुरुप स्वदेसी एवं विदेशी पर्यटकलाई केन्द्रित गरेर जनकपुरधाममा रहेका पर्यटक स्थलको अवलोकन गराउने अटो रिक्सा चलाएर सुरु गरेको लेहरी बताउभयो । 

सिता माताको नामले विश्वमा जनकपुरधामलाई चिनिन्छ । भगवान श्रीराम अयोध्याबाट मिथिला नगरी आएपछि कसरी विवाह भयो, विवाहदेखि लिएर विदाइ सम्मको स्थलमा पर्यटकलाई अवलोकन गराउने हाम्रो कर्तव्य रहेको छ । त्यसैले जनकपुरधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ रिक्सा चलाउँदैआएको अटोचालक लेहरी बताउनुहुन्छ । 

जनकी मन्दिरबाट सुरुवात गरी मन्दिरकै परिसरमा रहेका संग्रहालय, ल्क्ष्मण मन्दिर, विवाह मण्डप, रत्नसागर, बिहारकुण्ड, दुलहादुलहिन मन्दिर, प्राचिन श्री सिताराम विवाह मणिमन्डप, संकटमोचन हनुमानजी, भुतनाथ मन्दिर, कालभैरव, जनक कुट्टी, राजदेवी मन्दिर, गंगा आरती लगायत कुल ११ वटा स्थलको दर्शन गराइन्छ । 

“पर्यटकलाई घुमाउँदै र त्यस ठाउँको बारेमा जानकारी गराउँदै लैजान्छु” लेहरीले बताउनुभयो । उहाँले भन्नुभयो, “जानकी मन्दिर नौ लखा मन्दिर हो । संग्रहालय, जस्मा सिता माताको प्रकटदेखि विवाहसम्म देखाइएको छ । साथै त्रेतायुगमा भगवानहरुले लगाउने वस्त्रहरु पनि देखाइन्छ ।  

रत्नसागर जुन ठाउँमा अयोध्याबाट आएको जन्तीहरु ६ महिने बस्नुभयो, बिहारकुण्ड रामसिता जलबिहार गरेका पोखरी, दुलहा दुल्ही मन्दिर जहाँ रामसिता विवाह पश्चात प्रथम रात विश्राम गर्नुभयो । बाह्रविघा मैदानमा श्रीरामले धनुष टोड्नु भयो र सिता स्वयम्वर भयो । त्यस्तै राजा जनकको कुलदेवी राजदेवी माताको मन्दिर भन्दै दर्शण गराउँछु ।  पर्यटनलाई प्रवर्धन गर्न सक्दा हामी आर्थिक रुपमा सशक्त हुन्छौं र देश समृद्ध हुन्छ लहरीले उल्लेख गर्नुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today