Type Here to Get Search Results !

चोर समात्न हिँडेका प्रहरीको मोटरसाइकल दुर्घटनामा मृत्यु

 


मोटरसाइकल चोर समात्न ड्युटीमा खटिएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ घर भई ईलाका प्रहरी कार्यालय निजगढ,बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

शनिबार राती ७ स् ३० बजेको समयमा, निजगढ नगरपालिकाबाट वडा नं. ८ बाट मोटरसाइकल चोरी गरी जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ काँठगाटतर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा चोरको खोजतलास गर्न निस्किएका प्रहरी जवान सुनुवार आफै दुर्घटनामा परेका हुन् ।चोरको पिछा गरेका सुनारको मोटरसाइकल राती १० स् ३० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका।१६ ग्रिन लाइट होटल अगाडी दुर्घटना परेको प्रहरीको भनाई छ ।

सुनारले चलाएको ज.१२.प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उहाँको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारको लागी एलएस न्युरो अस्पतालमा लगिएकोमा उपचारको क्रममा राती १२ः१५ बजे मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए । रेडियो नेपाल

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today