Type Here to Get Search Results !

कृषिका लागि ऋण लिने कृषक १० प्रतिशतले घटे

 काठमाडौं । नेपालका किसानले कृषिका लागि लिएको ऋण १० प्रतिशतले घटाएको पाइएको छ ।

पछिल्लो १० वर्षमा सहकारी, बैंक लगायतबाट ऋण लिएर कृषिमा लगानी गरेका किसानहरुको कुल ऋण १० प्रतिशतल नै घटेको कृषि गणनाले देखाएको हो ।गत महिना सार्वजनिक भएको कृषि गणनाको तथ्याङ्कअनुसार २०७८ मा ४ लाख ८३ हजार कृषक परिवारले कृषिका लागि ऋण लिएका छन् । जुन कुल कृषि परिवार संख्याको १२ प्रतशत हो ।२०६८ सालमा यस्तो शीर्षकमा ऋण लिन कृषकको परिवार संख्या ८ लाख ३६ हजार थियो । जुन कुल कृषक संख्याको २२ प्रतिशत थियो ।विवरण अनुसार किसानहरुले लिने ऋणको तरिका पनि बदलिएको छ । २०६८ सालसम्ममा कुल कृषक ऋणको ३५ प्रतिशत रकम आफन्तबाट सावटीका रुपमा लिने गरिएको थियो । तर, २०७८ मा आइपुग्दा किसानहरुले लिएको ऋणको ३९ प्रतिशत हिस्सा सहकारीमा देखिएको छ ।तथ्याङ्कअनुसार ऋण लिएकामध्ये पनि थप ऋण आवश्यक रहेको बताउने कृषक संख्या १४ लाख १५ हजार रहेका छन् । जुन कुल परिवार संख्याको ३४ प्रतिशत हो । यसरी ऋण चाहिन्छ भन्ने कृषकको समूह पशुपन्छी पालनमा धेरै रहेको पनि तथ्याङ्क छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today