Type Here to Get Search Results !

मोटरसाइकल दुर्घटनामा धनुषाका राकेशको मृत्यु, चारजना घाइते

 धनुषामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।



मृत्यु हुनेमा ज.२ प ८३०१ नम्बरको मोटरसाइकल चालक मिथिला नगरपालिका–१ लक्ष्मीनिवास बस्ने २८ वर्षीय राकेश राउत रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा बा.७९ प ४७५५ नम्बरको मोटरसाइकल र ज.२ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका राउतको जनकपुरको काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको स्थानीय भोगेन्द्र मेडिकल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today