Type Here to Get Search Results !

संक्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्नु हुँदैन : अध्यक्ष नेपाल

 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताएका छन्।



काँग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताए।

उनले युद्धलाई टुङ्ग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी काम हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। उनले अब सो विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताए।

अध्यक्ष नेपालले पुराना राजनीतिक दल विभिन्न परीक्षामा जाँचिएर आएका उल्लेख गर्दै आफूहरू पुनः अग्निपरीक्षामा जाँचिन तयार रहेको बताए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today