Type Here to Get Search Results !

कुम्हाल समुदायको पेशा सङ्कटमा

 सदियौँदेखि माटोको भाडा बनाएर जीवन निर्वाह गर्दै आएका बाँकेका कुम्हाल समुदायको पेशा पछिल्लो समय सङ्कटमा परेको छ । चाडपर्वमा माटाका नयाँ भाँडाको प्रयोग गरिने भए पनि प्रविधिसँगै विकास भएका प्लाष्टिक लगायतका भाँडाको आयात तथा माटाको भाडाको बजारीकरणमा समस्या हुँदा कुम्हाल पेशा सङ्कटमा पर्दै गएको हो । दशैं, तिहार छठ लगायतका पर्वमा माटोको भाँडाको विशेष महत्त्व रहन्छ ।



परम्परागत रुपमा माटोका भाँडा बनाउँदै आएका कुम्हाल समुदायहरूलाई पछिल्लो समय भाँडा विक्री गर्नका लागि बजारको व्यवस्था नभएको तथा सरकारले माटाको भाँडो निमार्णका विषयमा चासो नदेखाएका कारण समस्या भएको कुम्हालहरूको गुनासो छ ।

गागरो, दियो, कलश लगायतका नयाँ भाँडा बनाउँदै आएका कुम्हालको भाडामा सबैको आकर्षण रहेको देखिन्छ । सबैको आवश्यकतालाई पूर्ति गर्दै आएका माटाका भाँडा व्यवसायीहरूको लागि स्थानीय सरकारले बजार लगायतको व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीय हजारी कुम्हारको भनाई छ।

परम्परागत पेशाको संरक्षणमा स्थानीय सरकार सकारात्मक रहेको नेपालगन्ज उपमहानगरपालिले जनाएको छ ।

देशकै अल्पसङ्ख्यकको रुपमा सुचीमा रहेको कुम्हाल समुदायको सुरक्षाका लागि उनीहरूको पेशाको सुरक्षा तथा व्यवस्थापन हुनु जरुरी देखिन्छ । (रेडियो नेपाल)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today