Type Here to Get Search Results !

मुगु सामूहिक हत्या प्रकरण: तालिमप्राप्त कुकुरसहित घटनास्थल पुग्यो अनुसन्धान टोली

 शुक्रबार मुगुमा भएको एकै परिवारका चार जनाको हत्या प्रकरणको लागि प्रहरी अनुसन्धानका लागि घटनास्थल पुगेको छ। 



प्रहरी तालिम केन्द्र नेपालगन्जबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली शनिबार बिहान घटनास्थल पुगेको हो। 

नेपालगन्जबाट प्रहरीको फरेन्सिक टोली मुगु पुगेपछि आजदेखि अनुसन्धान गर्ने र हत्या गरिएका एकै परिवारका चार जनाको शव उठाउने तयारी गरिएको छ।

मुगु घटना अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन

घटनामा संलग्न भएको आशंकामा शुक्रबारदेखि घटनास्थललाई सुरक्षित राखेर केही व्यक्तिलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ। 

मुगुको छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीनजना छोराछोरीको हत्या भएको अवस्थामा शुक्रबार शव फेला परेको थियो।

धारिलो हतियार र ढुंगा प्रहार गरी हत्या आमा र तीन छोराछोरीको हत्या भएको आशंका प्रहरीले गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today