Type Here to Get Search Results !

’कमैया बालबालिकाका लागि शिक्षाको उचित प्रबन्ध गर्छौं’

 सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमैया बालबालिकाको शिक्षा, स्वास्थ्य व्यवस्थापनका लागि प्रदेश सरकारले उचित प्रबन्ध गर्ने बताउनुभएको छ ।



कैलालीको लम्कीचुहा नगरपालिकास्थित एकतानगर मुक्त कमैया शिविरमा आयोजित बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शाहले पुनर्स्थापना हुन बाँकी रहेको मुक्त कमैयाका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।


“लगतमा समावेश भएका तर अहिलेसम्म पनि जग्गा प्राप्त गर्न नसकेका मुक्त कमैया, सुकुमवासीको उचित बसोबासका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने छ,” उहाँले भन्नुभयो ।


जसको कोही छैन, त्यसका लागि हामी छौँ, समाज नेपालको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशी, मुक्त कमैया अगुवा पशुपति चौधरीलगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा विभिन्न माग राख्दै एकतानगर मुक्त कमैया शिविरले मुख्यमन्त्री कमलबहादुर शाहलाई तत्काल पुनर्स्थापनाका लागि मागपत्र बुझाएको छ । उक्त बस्तीकी सुदामा चौधरीले मुख्यमन्त्रीलाई मागपत्र हस्तान्तरण गर्नुभएको थियो । गोरखापत्रमा समााचार छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today