Type Here to Get Search Results !

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एकजना बालक पक्राउ

 शनि मन्दिरबाट स्रोत नखुलेको रकम सहित १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।



प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बालकले बोकेको कालो झोलामा अवैध रुपमा बोकी ल्याउँदै गरेको अवस्थामा नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजार रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार स्रोत नखुलेको रकम नेपाली रुपैयाँ एक हजार दरको १६८७ थान र पाँच सय दरको १००० थान सहित पक्राउ गरिएको हो ।

बलराम केसरीको नाममा रहेको कुमारी बैङ्क लिमिटेडको चेक बुक थान–१, रञ्जित कुमार साहको नाममा रहेको एनआईसी एसिया बैँकको चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान–१, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका ती बालकलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today