Type Here to Get Search Results !

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

 मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ । मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य विन्दु यादवको निधन भएको हो । मधेशी जनअधिकार फोरम नेपाल पार्टीको स्थापना कालदेखि अनवरत रूपमा संघर्ष गर्दै आईरह्नु भएका नेतृ तथा जनता समाजबादी पार्टी, नेपालका केन्द्रीय सदस्य समेत रहेका माननीय सांसद बिन्दु कुमारी यादवको आज बिहान देहावसान भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य समेत रहेकी यादवको जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालमा निधन भएको हो । ४४ वर्षीया यादव क्यान्सर रोगबाट पीडित थिइन् । उनको आज बिहान ८:३० बजे निधन भएको हो ।

सोमबार बिहान साढे ८:३० बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. रामनरेश पण्डितले जानकारी दिए । उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनअघि प्रादेशिक अस्पताल जनकपुरको आइसीयू कक्षमा उपचार भइरहेको थियो।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today