Type Here to Get Search Results !

स्वर्गीय नेम्वाङ्गका दुवै छोरा नेपाल आए, अन्तिम संस्कार भोली गरिने

 काठमाडौं,  भदौ २७ । नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङका विदेशमा रहेका दुवै छाेरा नेपाल आइपुगेका छन् । नेम्बाङ्गका कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट बुधबार विहान आइपुगेका हुन भने उनका जेठा छाेरा मिङ्सो बेलायतबाट  केही समय अगाडी नेपाल आएका छन् । हृदयघातका कारण निधन भएका नेम्वाङ्गका छोराहरु विदेश भएका कारण दाहसंस्कार गर्ने समय लम्बिएको थियो ।

स्वर्गीय नेम्बाङ्गको पार्थीव शरिरलाई अबको केही समयपछि पार्टी मुख्यालय च्यासलबाट उनको निजी निवास बालुवाटार लैजाने कार्यक्रम रहेको छ ।

निजी निवास बालुवाटारमा जातीय संस्कार अनुसार सबै विधी पुरा गरी विहिबार विहान ११:०० बजे नेम्बाङ्गको पशुपति आर्यघाटमा राजकीय सम्मान सहित अन्तिम संस्कार गरिने भएको छ ।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today