Type Here to Get Search Results !

रौतहट प्रहरी उपरिक्षक श्रेष्ठ द्वारा ई. प्र. का. लक्ष्मिनियाको निरिक्षण


रौतहट जिल्ला प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाको निरिक्षण गर्नुभएका छन् । भर्खरै जिल्लामा आउनु भएका श्रेष्ठले जिल्लाका शान्ति सुरक्षालाई मजबूत र सेवा मुलक बनाउने उद्देश्यले ई. प्र. का. को निरिक्षण गरी दिशा निर्देशन दिएका छन् ।

जिल्लामा बढ्दै गएको गलत गतिविधिको रोकथाममा आफुले गरेको अनुभव अनुसार र स्थानीय अगुवा संग सरसलाह गरी उनी नियंत्रण गर्न प्रयासमा लागेका छन् ।

जिल्लाको पश्चिमी र उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकामा रहेको लक्ष्मीनिया ई. प्र. कामा जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्रेष्ठ द्वारा यस ईलाका प्रहरी कार्यालय लक्ष्मिनियाको निरिक्षण गर्नुका साथ साथै शान्ति सुरक्षाको बिषयमा ननिर्देशन समेत दिएका छन् ।

ई. प्र. का लक्ष्मीनियामा यसै महिनाको पहिलो सता आउनु भएका प्रहरी निरीक्षक विजय कार्की द्वारा प्रहरी उपरिक्षक श्रेष्ठले दिएको निर्देश लाई टेकी र समाजिक सुरक्षा, मुस्कान सहितको सेवा दिने प्रतिबद्धता समेत जनाएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today