नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले राज्यले सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकको माग कार्यान्वयन गर्ने पक्षमा खुट्टा कमाइरहेको बताएको छ ।
अध्यक्ष कृष्ण कुमारी थापा मगरले बालविकास शिक्षकको माग सम्बोधन गर्न राज्यले खुट्टा कमाउन नहुने बताएकी छिन् ।
उनले बालविकास शिक्षकको व्यवस्थापनमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष असर विद्यालयमा पर्ने जनाएकी छिन् ।
सडकदेखि संसदसम्म बालविकास शिक्षकका समस्याबारे आवाज उठिरहेको जनाउँदै थापाले संघीय शिक्षा ऐनमार्फत मागहरु पूरा हुनेमा विश्वास जनाएकी छिन् ।
उनले नयाँ शिक्षा ऐनमा बालविकास शिक्षकको दरबन्दी कायम हुनुपर्ने बताइन् । दरबन्दी कायम भएपछि पदपूर्ति,आन्तरिक प्रतिस्पर्धाका कुरा आउने उनको भनाइ छ ।
दरबन्दी भएपछि यी सबैको बाटो खुल्ने उनको तर्क छ । उनले शिक्षा ऐनमा माग नसमेटिए आन्दोलनको विकल्प नभएको बताइन् ।
उनी भन्छिन्,‘बालविकास शिक्षकको दरबन्दी कायम नभएसम्म आन्दोलन जारी रहनेछ ।’