वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।
जनकपुर धाम निर्माण तथा यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अर्बौ रकम बराबरको जग्गा, जिन्सी र नगद गरी योगदान पु¥याउनुभएको उनी रामसागर रामस्वरुप परिवारको ज्येष्ठ सदस्य थिए । विसं १९८५ रामनवमीका दिन जन्मनुभएका उहाँ राराब क्याम्पस र सरस्वती माध्यामिक संस्थापक पनि छन् । साहलाई श्रद्धाञ्जली दिन उहाँका जेठा छोरा ताराचन्द्र साहको मुजेलियास्थित निवासमा यहाँका ज्येष्ठ सदस्य, राजनीतिज्ञ, पत्रकार, समाजसेवीलगायतका मानुभाव पुगेका छन् । साहका माइला छोरा ई प्रकाशचन्द्र साह र कान्छा छोरा सुभाषचन्द्र साह पनि साथमै छन् । स्थानीय रामनगिना राउतले समाजसेवी साहको निधनले जनकपुरधामलाई ठूलो क्षति पुगेको बताए । समाजलाई विभिन्न माध्यमबाट पु¥याएका साहको योगदानको उचित मूल्याङ्कन गरी राज्यले सम्मान गर्नुपर्ने उनले धारणा राखे । श्रद्धाञ्जली अर्पणका लागि पुगेका जनकपुरधाम उपमहानगर पालिकाका पूर्वप्रमुख लालकिशोर साहले स्व साहले आधुनिक जनकपुरधामको जग बसाउने काम गरेको स्मरण गरे । जनकपुरधामलाई शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न पनि स्वर्गीय साहले विशेष योगदान दिएको पूर्वप्रमुख साहको भनाइ छ । स्व साहका भतिजा समेत रहेका धर्मसंस्था रामस्वरुप साह, र ामसागर साह मिल्स एरिया जनकपुर धामका उपसभापति प्रभाकरप्रसाद साहले काका साहासिक व्यक्ति भएको बताए । “काकाले देखाएको हिम्मत र समाजसेवाप्रतिको लगनशिलता सबैका लागि प्रेरणाको स्रोत पनि हो, हामी सबैले अनुसरण गर्नेछौँ”, उनले भने । स्वर्गीय साहको पार्थीव शरीरलाई शुक्रबारै बेलुका र त्नसागर सरोवरस्थित स्वर्गद्वार ीमा दाहसंस्कार गरिएको भतिज विद्याकर साहले जानकारी दिए ।