Type Here to Get Search Results !

राष्ट्रिय सेवा दल (NCC) सीनियर डिभिजन तालिमको शुभारम्भ

 मटिहानी नगरपालिका वड़ा नं-८ मा रहेको राम माध्यमिक विद्यालयमा आज देखि राष्ट्रिय सेवा दल (NCC) सीनियर डिभिजन तालिम संचालन भएको छ ।



उक्त कार्यक्रम आज एक कार्यक्रम बीच मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) श्री हरि प्रसाद मण्डलज्यू र रणभीम गण परिकौलीका गणपति उत्तम कटवालज्यूको उपस्थितिमा शुभारम्भ भएको छ ।

यसै अवसरमा मटिहानी नगरपालिकाका मेयर मंडलले राष्ट्रिय सेवा दल (NCC) सीनियर डिभिजन तालिमले बिद्यार्थीलाई जीवन अगाड़ी बढ़न मद्दत पुग्ने कुरा भन्नु भयो ।
“अनुशासन नै राष्ट्र सेवाको मुल जग हो" भन्ने आदर्श वाक्य भएको यस राष्ट्रिय सेवा दलको मुख्य लक्ष्य युवा वर्गलाई अनुशासित, वफादारिता तथा ईमान्दारीता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकाश गराउनुको साथै भविष्यमा विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वंम सेवकको भुमिका निर्वाह गर्न सक्ने दस्ता तयार गर्नु हो ।
तालिममा कक्षा ११ र १२ का ३६ जना छात्र-छात्रा सहभागी रहेका छन् । करिब १ सय दिन चल्ने सो तालिममा टेकवान्दो, खुकुरी, ड्रिल, ख़ालिहाथ ड्रिल, हथियारको लेशन लगायतका प्रशिक्षण दिइने छ ।
कार्यक्रममा वड़ा नं. ६ का वड़ा अध्यक्ष कलीम अंसारीज्यू, वड़ा नं. ८ का वड़ा अध्यक्ष रितेश साहज्यू, पूर्व वडाध्यक्ष गणेश प्रसाद, कार्यपालिका सदस्य श्री अरुण नाहरज्यू, शिक्षा संयोजक चन्देश्वर साह विद्यालयका प्र.अ. श्रीश मिश्र, सशस्त्र प्रहरी बल (BOP) मटिहानीका सशस्त्र प्रहरी निरीक्षक सुनील लामा लगायतका सहभागीता रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today