Type Here to Get Search Results !

गरिमा विकास बैंकको निश्चित ब्याजदरमा नयाँ कर्जा योजना

 गरिमा विकास बैंक लिमिटेडले ११ दशमलव ९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घरकर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । बैंकले हरेक नेपालीको ‘आफ्नै घर, आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित नयाँ कर्जा योजना ल्याएको हो । 

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घरकर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज सात वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ ।निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने जनाइएको छ । हाल बैंकले देशभरमा एक सय २१ शाखा, ५० एटिएम र डिजिटल बैंकिङमार्फत ग्राहकलाई अत्याधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today