Type Here to Get Search Results !

सामान्य अंकले घट्यो नेप्से परिसूचक

 यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको हो ।



यसदिन दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अंकले घटेको हो ।

उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अंकले बढेको छ । यसदिन विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन चार दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अंकले बढेको छ ।

त्यस्तै, निर्जीवन बीमा समूह सात दशमलव ७३ र व्यापार २७ दशमलव १५ अंकले बढेको नेप्सेले जनाएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य छ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार तीन सय ४८ बराबरको सात लाख एक हजार आठ सय तीन कित्ता शेयर किनबेच भएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today