Type Here to Get Search Results !

आँखा परीक्षण गराउने बढे

 गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको संक्रमणका कारण परीक्षण गराउनेको संख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको संख्या ह्वात्तै बढेको छ ।



विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा.इलिया श्रेष्ठले जानकारी दिइन् ।

‘अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ’,उनले भनिन्,‘दैनिक झण्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ ।’

आँखा रातो हुने, आँसु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ । आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्न डा.श्रेष्ठले सुझाव दिइन् ।

‘रोगको संक्रमण देखिए जथाभावी औषधिको प्रयोग र आँखा मिच्न हुँदैन’,उनले भनिन् । आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने डा.श्रेष्ठ बताउँछिन् ।

संक्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग तीव्ररुपमा फैलिने उनको भनाइ छ । राम्रोसँग साबुन पानीले हात धुन उनले सुझाव दिइन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today