Type Here to Get Search Results !

कुशल भुर्तेलले ६ विकेट लिएपछि यूएई १ सय ५७ रनमै अलआउट

 एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई 'ए' ले नेपाललाई १ सय ५८ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।


काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयाे । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै माैसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए । 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today