जलेश्वर नगरपालिका स्थित प्रदेशिक अस्पतालमा कार्यरत मेसु मनिषा भारद्वाजकाे सरूवा गरिएकोमा स्थानीयहरूले विराेध जनाएका छन्।
मेसु भारद्वाजकाे प्रदेश सरकारबाट सरुवाको पत्र आएको र अलट्रासाउड र शल्यक्रिया ठप्प भएको जानकारी प्राप्त भएकोले जलेश्वर नगरपालिकाका सचेत युवाहरुले यशबारे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिनु झा संग कुरा गर्न गएका थिए। साे क्रममा उनिहरु माथी दुव्र्यवहार र प्रहरी वोलाई अस्पताल वाट बाहिर निकालीएको युवाहरूले जनाए।
उनीहरुले मेसु भरद्वाजले यहाँ गरिरहेकाे काम सराहनीय र उनी जस्ता गोल्ड मेडलिस्ट मेसु अस्पतालमा हुनु जलेश्वरकाे लागि सौभाग्य भएकोकाे हुँदा उनको सरूवा अहिले तत्काल नहुनु पर्ने माग गरेका छन्। युवाहरूले व्यवस्थापक समितिको अध्यक्ष मिनु झालाई माफी माग्नु पर्ने आन्दोलनमा उत्र्ने चेतावनी समेत दिएका छन्।