मित्रराष्ट्र भारत सरकारले महोत्तरी जिल्लाको मटिहानी नगरपालिकालाई उपहार स्वरूप एम्बुलेन्स प्रदान गरेको छ।
भारतको महावाणिज्य दूतावास वीरगंजमा आयोजित एक कार्यक्रममा महावाणिज्य दूत (The Consul General) श्रीदेवी सहाय मिनाले मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो।
नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत मधेस प्रदेशलाई १ वटा र मधेस प्रदेशका ५ पालिकालाई १/१ वटा गरी जम्मा ६ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको कुरा महावाणिज्य दूतावासले जनाएको छ।
यसअघि मटिहानी नगरपालिकाले भारतीय राजदूतावास बाट २०८१ साल श्रावन १५ गते मटिहानी स्वास्थ्य चौकीका लागि माग गरिएको सो एम्बुलेन्स आज पाउँदा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले महावाणिज्य दूतावास प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।