Type Here to Get Search Results !

यस वर्ष एसइईमा मधेश प्रदेशबाट ८८ हजार ८ सय ५८ जना विद्यार्थीहरू सहभागी हुँदै

 

धनुषा - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मधेश प्रदेशबाट ८८ हजार ८ सय ५८ जना विद्यार्थीहरू सहभागी हुँदै छन् । अगामी चैत्र ७ गतेबाट शुरु हुन लागेको एसइई लाई पूर्ण रुपमा मर्यादित बनाउने निर्णय गरिएको छ । प्रदेश परीक्षा समन्वय तथा व्यवस्थापन समिति मधेश प्रदेशको आयोजनामा सोमवार जनकपुरधाममा बसेको बैठकले एसइई परीक्षालाई पूर्ण रुपमा मर्यादित बनाउने र परीक्षा सञ्चालनका लागि संघ सरकारले जारी गरेको निर्देशिकालाई पूर्ण रुपमा कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि बनेको निर्देशिकालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै कसैले परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरेको पाइए तत्काल कारबाही गर्ने निर्णय भएको छ । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एसइई परीक्षालाई मर्यादित बनाउन परीक्षासँग सरोकार भएका सबै निकाय तथा प्रदेशवासीमा आग्रह गर्नुभएको छ । मर्यादित परीक्षाले प्रदेशमा पढ्ने तथा पढाउने वातावरणको निर्माण हुने मुख्यमन्त्रीले बताउनुभयो ।

सो कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीले विद्यार्थीहरुले परीक्षामा बढी अंक ल्याउनुभन्दा बुझेर पढ्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरुले चोरी गरेर बढी अंक प्राप्त गरेर आगामी दिनमा आफूलाई नै अझ बढि समस्यामा पार्ने बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today