Type Here to Get Search Results !

महाशिवरात्रिको शुभ अवसरमा जलेश्वरमा कलश शोभायात्रा ।



रागनी साह 

महोत्तरी - महाशिवरात्रिको शुभ अवसरमा जलेश्वरमा कलश शोभायात्रा निकालिएको छ । भोलि बुधबार हुने महाशिवरात्री पुर्व मंगलबार बिहान जलेश्वरमा कलश शोभायात्रा निकालिएको हो । जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट निकालिएको कलश शोभायात्राले नगर परिक्रमा गरेको हो। 



नेपाली सेना र सशस्त्र प्रहरीको व्यनडसहित निकालिएको कलश शोभायात्रामा सुरक्षा निकाय ,स्थानीय तहका प्रतिनिधिका साथै विभिन्न विधालयका बिद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाएका छन ।



सथैं  उक्त कलश शोभायात्रामा नगर प्रमुख सुरेश साह सोनार , प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने सहित विभिन्न सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि राजनीतिक दलका प्रतिनिधि र आमनागरिक लगायतको उपस्थिति रहेको यस कलश शोभयात्रामा शिव नाटकसमेत गरिएको हो । 


सोही दिन मनाइने सेना दिवसको अवसर पारेर जलेश्वरनाथ महादेव मन्दिर, मन्दिरपरिसर सोमबर सरसफाइ गरिएको थियो । जलेश्वर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, महाशिवरात्रि मेला आयोजना समिति, विद्यालयहरू तथा नागरिक समाज एवं विभिन्न संघसंस्था र निकायहरूको सहयोगमा मन्दिर र नगरलगायतका स्थलहरूको सरसफाइ गरिएको हो ।



परापूर्वकालदेखि नेपाली सेना तथा सशस्त्र प्रहरीको सहयोगमा शिवलिंग अवस्थित जलगुफाभित्रको जल बाल्टीले नै निकालेर शिवलिंगको प्रत्यक्ष दर्शन गराउने गरिएको छ । शिवरात्रिको दिन र हरेक महिनाको पहिलो र अन्तिम सोमबारबाहेकका दिनमा जलगुफाको जल निकाल्न वर्जित छ ।








Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today