Type Here to Get Search Results !

श्री सरस्वती मा.वि. थरुवाहीमा कक्षा-कोठा, शौचालय मर्मत र हात धुने स्थल निर्माण सम्पन्न

 



जलेश्वर नगरपालिका–१२, थरुवाही स्तिथ श्री सरस्वती माध्यमिक विद्यालयमा समुन्नति कार्यक्रम अन्तर्गत कक्षा-कोठा तथा शौचालय मर्मत र हात धुने स्थलको निर्माण कार्य सम्पन्न भएको छ। सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, रतौली युवा क्लबको प्राविधिक सहयोग, र जलेश्वर नगरपालिकाको समन्वयमा सम्पन्न उक्त परियोजनाको कुल लागत रू. ३७,९७,१६१ रहेको थियो ।



२०८१ जेष्ठ ९ मा निर्माण कार्य शुरू भएको उक्त परियोजना २०८१ मंसिर ३० मा  सम्पन्न गरिएको हो। 

सम्पन्न निर्माण कार्यको उद्घाटन एक विशेष समारोह बीच प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री  सरोज कुमार यादव  तथा मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्री माननीय रानी कुमारी तिवारीले गरेका थिए।  



त्यस्तै उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री यादवले शिक्षामा पूर्वाधार विकासको महत्त्वलाई जोड दिँदै यस प्रकारका परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सोही अवसरमा मधेश प्रदेश शिक्षामन्त्री तिवारीले शिक्षामा स्थानीय, प्राविधिक र दातृ निकायहरूको सहकार्यले महत्वपूर्ण परिणाम दिने बताउनुभयो।



विद्यालयको भौतिक अवस्था सुधार गर्न र सहज शैक्षणिक वातावरण स्थापित गर्न सहयोगी संस्था ले निरन्तरता दिने संगै यस मर्मत तथा निर्माण कार्यले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गतिविधि प्रभावकारी बनाउने र स्वच्छता र स्वास्थ्य व्यवस्थामा सुधार ल्याउने विश्वास रहेको रतौली युवा क्लबका अध्यक्ष बैद्यनाथ चौधरीले बताए छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today