उदयपुरको कटारी नगरपालिका–७, निवासी शर्मिला कार्की लामिछानेले बीमा क्षेत्रमा उत्कृष्ट सफलता प्राप्त गर्दै सन् २०२५ का लागि मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) को सदस्यता दोस्रो पटक हासिल गरेकी छन ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी कटारी शाखाका अभिकर्ता शर्मिलाले १२७ भन्दा बढी बीमा पोलिसी बिक्री गरेर यो उपलब्धि प्राप्त गरेकी हुन्। एमडिआरटी, विश्वव्यापी वित्तीय सल्लाहकारहरूको साझा संगठन हो, जहाँ सदस्यता प्राप्त गर्न २०२४ को जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा ४६ लाख ९२ हजार ९०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नुपर्दछ। शर्मिला म्यामले, उक्त लक्ष्य पूरा गरेर नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाएकी छन्।
शर्मिला कार्की लामिछानेले पारिवारिक जिम्मेवारी र व्यावसायिक उत्कृष्टतालाई सँगै लिएर बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ। हालसम्म ४२६ भन्दा बढी बीमा पोलिसी बिक्री गर्दै उहाँले २०२३ मा एमडीआरटी बन्नुभएको थियो। २०२५ मा पुनः १२७ पोलिसी बिक्री गरेर दोश्रो पटक एमडीआरटीको सम्मान प्राप्त गर्नुभएको छ। उहाँको मेहनत र उहाँका श्रीमान् रामबहादुर कार्कीको सहयोगले सफलता सम्भव भएको शर्मिलााको भनाई छ । शर्मिलाले रेमिटेन्स व्यवसाय, ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा सञ्चालन, र गाउँमै किराना पसल व्यवस्थापन गर्दै समाजमा वित्तीय सचेतना फैलाउनुभएको छ। यति धेरै जिम्मेवारीहरूलाई सम्हाल्दै पनि बीमा क्षेत्रमा उहाँको लगाव अद्वितीय छ। उहाँका विचारमा, “बीमा व्यवसाय केवल आर्थिक लाभका लागि होइन, यो समाजसेवाको एउटा उत्कृष्ट माध्यम हो। बीमितहरूको सन्तुष्टि नै मेरो मुख्य उद्देश्य हो।
एमडीआरटी बन्नु एक सम्मान हो, तर यसले मलाई जिम्मेवारी र सेवा प्रति अझ बढी कटिबद्ध बनाएको छ। शर्मिलाले हालसम्म ४२६ भन्दा बढी बीमा पोलिसी बिक्री गर्दै परिवारहरूको वित्तीय सुरक्षामा योगदान दिनुभएको छ। न्यूनतम ५० हजार रुपैयाँ को विमान्क देखि माथिका बीमाहरूको विक्रीमार्फत उहाँले विभिन्न स्तरका परिवारहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्नुभएको छ। कटारी शाखाका प्रमुख राज कार्कीले शर्मिलाको सफलता कटारी शाखाका लागि प्रेरणादायक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “शर्मिलाको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, यसले हामी सबैलाई गर्वको अनुभूति गराएको छ। शाखाले उहाँको योगदानलाई उच्च सम्मानका साथ लिन्छ र आगामी दिनहरूमा पनि उहाँलाई सबै प्रकारको सहयोग गर्ने वाचा गर्दछ। शाखा प्रमुखले थप गर्नुभयो, “शाखाको एक साधारण अभिकर्ताबाट सुरु भएको यो यात्रा आज अन्तर्राष्ट्रिय मञ्चमा कटारी शाखाको पहिचान बनाउन सफल भएको छ। यो हाम्रो लागि मात्र होइन, सम्पूर्ण बीमा क्षेत्रमा उत्कृष्ट उदाहरण हो।