Type Here to Get Search Results !

यू–१९ महिला एशिया कप : भारतसँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

 unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा भारतसँगकाे खेलमा नेपालले टस हारेकाे छ । मलेसियाकाे क्वालालम्पुरमा टस जितेर भारतले नेपाललाई ब्याटिङकाे निम्ताे दिएकाे छ ।

नेपालले समूह चरणकाे पहिलाे खेलमा हिजाे पाकिस्तानलाई हराउँदै 'सुपर–४' मा प्रवेश गरिसकेकाे छ । भारत पनि पाकिस्तानलाई हराउँदै 'सुपर–४' मा पुगिसकेकाे छ । पाकिस्तान लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिइसकेकाे छ ।

विश्वकपमा छनोट भएकाे नेपाली टोली १९ वर्षमुनिकाे एशिया कपमा स्वत: छनोट भएको हो । १९ वर्षमुनिकाे महिला विश्वकप आउँदाे वर्षकाे जनवरीमा मलेसियामा नै आयाेजना हुँदैछ । महिला एशिया कप पहिलाे पटक आयाेजना भइरहेकाे हाे ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today