
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका पूर्वमेयर एवम् नेपाली कांग्रेसका नेता पीएल सिंहको अन्त्येष्टि गरिएको छ । काठमाण्डाैकाे डल्लु नजिकै कङ्केश्वरी घाटमा आज सिंहको अन्त्येष्टि गरिएको हो ।

सिंहको पार्थिव शरीरमा उपप्रधान एवम् नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीको झण्डा ओढाउनुभएकाे थियाे । यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि पीएल सिंहकाे पार्थिव शरीर कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएकाे थियाे । सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू पुगेका थिए ।

सिंहको ८८ वर्षको उमेरमा गएराति ठमेलको चाक्सीबारी निवासमा निधन भएको थियो ।


