नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई महोत्तरीमा भव्य स्वागत गरिएको छ। शुक्रबार जनकपुरमा विजय उत्सव मनाएर शनिबार बिहान महोत्तरीको पिपरा गाउँपालिका हुँदै मटिहानी र जलेश्वर नगरपालिका आइपुग्दा तीनै पालिकामा टोलिलाई भव्य स्वागत गरिएको हो।
2024-12-28-05-13-26.jpeg)
पिपरामा गाउँपालिका अध्यक्ष रामजानकी यादव, मटिहानीमा हरि प्रसाद मण्डल र जलेश्वरमा सुरेश साह सोनारसहितले उपाधि विजेता टोलीलाई स्वागत गरेका हुन्। बिहान पिपराबाट मटिहानी पुग्दा नगरप्रमुखले मटिहानी माछा बजार नजिकै बोल्ट्सलाई स्वागत गरी नगर परिक्रमा गर्दै मटिहानी नगरपालिका वडा नं. ७ को वडा कार्यालय अगाडी बनाइएको स्टेजसम्म लगेका थिए।
सोहि स्टेजमा स्वागत भाषणसहित नगरप्रमुखले जनकपुरका खेलाडीहरुलाई सम्मान गरे। स्थानीय र व्यवसायीहरुले समेत टोलीलाई विभिन्न सामग्री पुरस्कार प्रदान गरी सम्मान देखाएका थिए।
यता जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले जलेश्वरस्थित बुद्धिजिवी चोकबाटै जनकपुर बोल्ट्सको टोलीलाई स्वागत गर्दै जलेश्वरनाथ महादेव मन्दिर लगेका थिए। नगर परिक्रमा गर्दै मन्दिर पुगेको खेलाडीलाई हेर्न र स्वागत गर्न हजारौं प्रशंसकहरु आइपुगेका थिए।
2024-12-28-05-13-49.jpeg)
जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देल, कप्तान अनिल कुमार साह, स्टार खेलाडी ललित राजवंशीसहित सम्पुर्ण टोलीले भव्य स्वागतको लागि धन्यवाद दिए।
यता मटिहानी नगरपालिकाले चाँडै मटिहानीस्थित रंगशालामा महिलाको राष्ट्रिय क्रिकेट खेल खेलाउने प्रतिबद्धता जनाएको छ। त्यस्तै क्यानका उपाध्यक्ष रोशन सिंहले अब मधेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको आवश्यकता रहेको बताउँदै जनकपुरमा रंगशाला निर्माणको लागि आम जनसमुदायबाट समेत दबाब आउनुपर्ने बताए।
2024-12-28-05-13-59.jpeg)
